फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति छ ।
समानुपातिकको मतपत्र छाप्ने काम २० देखि ३० दिन लाग्ने अनुमान छ ।
समानुपातिकको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र हरेक निर्वाचन क्षेत्र अनुुसार फरक फरक हुनेछ । ‘निर्वाचन क्षेत्र अनुसार दलको सहभागिता र निर्वाचन चिह्न फरक–फरक हुने भएकाले मतपत्र पनि सोही अनुसार छाप्नुपर्ने सहायक प्रवक्ता जीसीले बताए ।
प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि सुरु हुने उनले बताए ।


