Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेकी छन् । यसबारे उनले आइतबार सर्वसाधारणसँग सुझाव समेत मागेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, '७ वर्ष पहिले सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय पनि यहाँहरूकै भोटिङ पोलमार्फत लिएको थिएँ । अहिले फेरि अर्को राजनीतिमा होमिने निर्णय लिनुपर्ने भएको छ । मलाई आउँदो संसदीय चुनावमा लड्नलाई उम्मेदवारी दिन फेरि भोटिङ पोलमार्फत आफ्नो मत र भावना प्रकट गर्न अनुरोध गर्दछु ।'
आशिकाले राखेको 'राजनीतिमा आउनुपर्छ या पर्दैन?' भन्ने प्रश्नमा धैरैले राजनीतिमा आउन सुझाएका छन् ।
आशिकाले आफू कसरी निर्वाचनमा सहभागी हुने भन्नेबारे पनि अन्योलमा रहेको पनि बताएकी छिन् । उनले पोस्टको कमेन्ट सेक्सनमा लेखेकी छिन्, 'प्रत्यक्ष उठ्ने कि समानुपातिक, त्यो पनि सुझाव दिनुहोस् ।' उनलाई विगतदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले राजनीतिमा आउन सुझाउँदै आएका थिए । उनले राजनीतिमा आउने मनसाय बनाएपनि कुन पार्टीबाट भन्नेबारे भने थप खुलाएकी छैनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij