Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति भोलि (शनिबार) लाई सरेको छ। सैद्धान्तिक कुरामा अझै गृहकार्यको आवश्यकता रहेको भन्दै शुक्रबार हुने भनिएको सहमति शनिबारलाई सारिएको स्रोतले जानकारी दिएको छ।
बिहीबार भएको दुई पक्षबीचको छलफलले प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने सहमति भएको थियो। सभापति लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने र बालेनले लामिछानेलाई सभापतिको रूपमा स्वीकार्ने सहमति भएको स्रोतको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij