Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रेशम र रञ्जिताको पुनर्मिलन

रेशम र रञ्जिताको पुनर्मिलन

  • काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच शनिबार पुन: एकता हुने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

    AGNI GROUP

    त्यसपछि उनले कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । रञ्जिता नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित हुन तयार भएको र नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह रहने सहमति भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij