Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कलंकीमा कार्यरत असई भट्टविरुद्ध भ्रष्टाचार मुद्दा

कलंकीमा कार्यरत असई भट्टविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । नेपाल प्रहरीको एक प्रहरी सहायक निरीक्षक(असई)ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कलंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा रिर्टायड भएर पेन्सन सुविधासमेत लिइरहेको खुल्न आएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।

    AGNI GROUP

    भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएकाले शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरी कारवाही गर्न उजुरी परेको थियो । सोही उजुरी अनुसन्धान गर्ने क्रममा भट्टले जवानमा प्रवेश गर्ने बखत नै नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको खुल्न आएको हो ।

    उनले निवृत्तभरण हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट