Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बालेन झन्डै १२ घण्टापछि ज्वागलबाट बाहिरिए

बालेन झन्डै १२ घण्टापछि ज्वागलबाट बाहिरिए

  • काठमाडौँ । दिनभर राजनीतिक भेटघाट गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह १२ घण्टापछि आफ्ना सहयोगी कुमार बेनको घरबाट बाहिरिएका छन्।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको ज्वागलमा रहेको बेनको घरमा बालेन बिहीबार बिहान करिब ८ बजे पुगेका थिए। त्यहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने‚ उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ‚ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई‚ पूर्वसांसदहरू अमरेशकुमार सिंह‚ सुनील शर्मा‚ जेन-जीका सातै प्रदेशका युवा प्रतिनिधिहरुसँग भेट गरेका थिए।

    AGNI GROUP

    ज्वागलमा बालेनले रक्षा बम‚ हामी नेपालका संयोजक सुदन गुरुङलगायत सातै प्रदेशका जेन-जी प्रतिनिधिलगायतसँग छलफल पनि गरे। छलफलमा जेन-जी प्रतिनिधिहरुले नयाँ शक्ति मिलेर जानुपर्ने सुझाव दिएका थिए। बालेनले पनि आफू अब राजनीतिमा आएकाले सबैको साथ र सहयोगका लागि आग्रह गरेका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट