Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कांग्रेसले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने

कांग्रेसले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने

  • काठमाडौँ । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

    AGNI GROUP

    उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता डा.महतले बताए । 

    पार्टीको निर्णय निर्वाचन आयोगमा बुझाउने र प्रदेशसभाको बन्दसूचीबाट हटाउन पत्र लेख्ने निर्णय भएको उनले बताए । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट