Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

लोसपा पनि चुनावका पक्षमा उभियो

लोसपा पनि चुनावका पक्षमा उभियो

  • काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हस्ताक्षर गरेको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ नेपाल पनि चुनावका पक्षमा उभिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबारसम्म संसद् पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने तयारीमा रहेको लोसपा आज एकाएक सर्वोच्च नजाने निष्कर्षमा पुगेको हो ।

    AGNI GROUP

    वर्तमान परिस्थितिको व्यवस्थापन संसद् पुन:स्थापनाबाट कठिन रहेकाले चुनावमै जाने समझदारी भएको पार्टीले जनाएको छ ।

    लोसपाले कांग्रेस, एमाले र अन्य पार्टीहरुसँगै संसद् विघटन असंवैधानिक भन्ने पक्षमा हस्ताक्षर गरेको थियो । जेन जी आन्दोलनपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेका थिए ।

    त्यसलाई भदौ २८मा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन माओवदी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्तिमार्फत असंवैधानिक भनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट