Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गरेका छन् । जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।
सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताए ।
“मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ”, उनले भने ।
प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij