Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौं । काठमाडौंको बालाजुस्थित बालाजी बैंक्वेटमा नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभामा मानव सेवा आश्रमका अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रमुख अतिथि अधिकारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

    AGNI GROUP

    साधारण सभाको उद्घाटन सत्रमा होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृतबहादुर भुजेल र वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

    कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, इजी सोलुसनका प्रमुख कार्यकारी अधिकृत शुभास देवकोटा, होटल व्यवसायी महासंघ नेपालका लेखा संयोजक तथा संघका निवर्तमान अध्यक्ष दिपेन सुवेदी (उमेश), संघका सल्लाहकारहरू, काठमाडौं उपत्यकाभित्रका विभिन्न होटल व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट