Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुन्नकर्मी उपरगैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुन्नकर्मीले २ करोड ५० लाख ३४ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी बनाएको छ ।
अख्तियारले २०५४ फागुन १ गतेदेखि पद बहाल गरेपछि २०८० मङ्सिर १४ गते पेश गरेको सम्पत्ति विवरण अनुसार उनले २ करोड ५० लाख ३४ हजारको स्रोत देखाउन नसकेको बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij