Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ७२, विकास बैंक शून्य दशमलव ३३, वित्त शून्य दशमलव ९०, जनविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव ३०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, निर्जीवन बीमा शून्य दशमलव ०७ र व्यापार समूह शून्य दशमलव २७ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
होटल तथा पर्यटन शून्य दशमलव ११, लगानी शून्य दशमलव ०८, म्युचुअल फण्ड शून्य दशमलव ११ र अन्य समूह शून्य दशमलव १७ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij