Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

निर्वाचनमाथि शंका नगर्न गृहमन्त्रीको आग्रह

निर्वाचनमाथि शंका नगर्न गृहमन्त्रीको आग्रह

  • काठमाडौं । वर्तमान नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित समयमै निर्वाचन सम्पन्न हुने कुरामाथि शंका नगर्न आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार कास्कीको पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रलाई सम्बोधन गर्दै उनले निर्धारित समय फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागिपरेको बताएका हुन् ।

    AGNI GROUP

    उनले सम्बोधन गर्दै आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भई सोही बमोजिम तयारी भइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

    साथै उनले शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकारको भूमिका ठूलो हुने भएकाले निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे। भय रहित, निष्पक्ष र शान्तिपूर्ण तवरले चुनाव सम्पन्न गर्न सरकारले विभिन्न कदमहरू चालेको र त्यसमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उनले बताएका छन् ।

    उनले जेनजी आन्दोलनलाई अपनत्व गरी सरकारले दस्तावेजीकरणका साथ जेनजी माग र शहीदका सपनालाई टुंगोमा पुर्याउने गरी प्रधानमन्त्री र जेनजीबीच सम्झौता भई राजपत्रमा प्रकाशन समेत गरी कार्यान्वयका लागि काम थालिसकिएको पनि बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij