Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिएका हुन् । मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताए ।
कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उनको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पारे ।
उनले भने, ‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरुको हितमा हुनेगरी काम गर्छु । हिमाली क्षेत्रहरुमा भएका जुन फोहोरहरु हुन्छ । ती फोहोरहरु यति जम्मा भएर बसेका थिए । त्यसबारे अदालतले पनि एक पटक आदेश जारी गरेको छ । त्यो आदेशको पालना गर्नका निमित्त जुन कार्यनीति उहाँहरुले बनाउनुभएको छ । त्यसैलाई अहिले स्वीकृति गरेको हुँ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij