Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ई–सेवाले ल्यायो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ बिमा योजना

ई–सेवाले ल्यायो ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ बिमा योजना

  • काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक संस्था ई–सेवाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ बिमा योजना सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भारलाई कम गर्ने उद्देश्यसहित यो योजना ल्याइएको हो ।

    AGNI GROUP

    योजनाबारे जानकारी दिँदै ई–सेवाका ओमकार पाण्डेले भने, “सुपर टर्म लाइफ इन्स्योरेन्सले संकटको समयमा परिवारलाई आर्थिक टेवा प्रदान गर्नेछ । सुलभ प्रिमियममा उपलब्ध यो योजना सबैका लागि जीवन बिमा पहुँचयोग्य बनाउन महत्त्वपूर्ण हुने विश्वास हामीले लिएका छौँ ।”

    यो जीवन बिमा योजना पूर्ण रूपमा डिजिटल हुनुका साथै यसको खरिद प्रक्रिया पनि सहज, छरितो र झन्झटमुक्त रहेको बताइएको छ । यसले देशभरका नागरिकलाई बिमाको पहुँचमा ल्याउने विश्वास ई–सेवाले लिएको छ ।

    योजना प्रिमियम वार्षिक ७२५ बाट सुरु हुनेछ । बिमितले पाँच लाखदेखि २० लाख सम्मको जीवन बिमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो एकवर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो । १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले यसको लाभ लिन सक्नेछन् ।

    यसअन्तर्गत बिमितको स्वाभाविक मृत्यु वा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बिमा सुरक्षा प्रदान गरिने कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij