Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको ११औं महाधिवेशन आजदेखि, भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह

एमालेको ११औं महाधिवेशन आजदेखि, भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह

  • काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुदैछ । महाधिवेशनको उद्घाटनसत्र आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने र उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका शुभकामना सन्देश पढेर सुनाइने तर विदेशी दलका प्रतिनिधिहरु नबोलाइएको उनले बताए । 

    AGNI GROUP

    यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको र उद्घाटनको दिनको जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताएका छन् ।

    त्यस्तै जनपरिचालनका संयोजक डा. राजन भट्टराईले महाधिवेशनमा देशभरबाट झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने र कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिएका छन्।

    त्यस्तै महाधिवेशनको दोस्रो दिन आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएको छ । बन्दसत्रको अध्यक्षता १८ जना सचिवालयका सदस्यहरुले गर्ने भएका छन् । त्यस्तै महाधिवेशनबाट पार्टीले पारित गर्ने प्रस्तावको समायोजन गर्न उपमहासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको र पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा माइन्युटिनङ कमिटी गठन गरिएको ज्ञवालीले जानकारी दिएका छन् । 

    त्यस्तै एमालेको महाधिवेशनमा विधान संशोधन नहुने र गत भदौमा सम्पन्न विधान महाधिवेशनले तय गरे अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीको नै नेतृत्व छनौट हुने भएको छ । 

    एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी हुने भएका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ । एमालेमा २० प्रतिशत भन्दा बढी ४० बर्षका मुनीका प्रतिनिधि छानिएको र सोहि अनुसारनै केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने उपमहासचिव ज्ञवालीले जानकारी दिएका छन् । उनले केन्द्रीय कमिटीमा ४० बर्ष मुनिका कति प्रतिशत प्रतिनिधित्व गर्ने भन्ने बन्दसत्रमै छलफल हुने र निर्णय लिने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij