Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरीका जवानहरुको सरुवा भएको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले एकैपटक एक हजार ५ सय ११ जना जवानको सरुवा गरेको छ ।
प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै आज आइतबारको मितिमा उनीहरूको सरुवा गरिएको हो ।
जसअनुसार हाल सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हे. क्वा. कपिलवस्तुमा कार्यरत उत्तम थापालाई सशस्त्र प्रहरी बल, नेपाल नं ३० गुल्म हे. क्वा. कपिलवस्तुमा सरुवा भएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १८ गण हे. क्वा. निलबाराही काठमाडौंमा कार्यरत श्यामकुमार नेपालीलाई शसस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट गण निलबाराही काठमाडौंमा सरुवा गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij