Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

  • काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरेका हुन् । 

    AGNI GROUP

    लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार समेटिएको छ । त्यस्तै एमालेले आफ्नो महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने तय गरेको छ । 

    एमालेको महाधिवेशन यही मंसिर २७–२९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ । महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधिले भाग लिदै छन् भने प्रतिनिधि छनौटको प्रक्रिया शनिबार सम्पन्न भएको छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij