Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

यस्तो छ सशस्त्र प्रहरीको दर्जागत दरबन्दी (स्वीकृत दरबन्दी पत्रसहित)

यस्तो छ सशस्त्र प्रहरीको दर्जागत दरबन्दी (स्वीकृत दरबन्दी पत्रसहित)

  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण सर्वेक्षण प्रतिवेदन–२०८२ स्वीकृत भएसँगै कुल दरबन्दी संख्या ३७ हजार १ सय ५३ कायम भएको छ । 

    onlinepatrika
    Arghakhachi

    साधारण समूह (साधारण उपसमूह), साधारण समूह (लेखा उपसमूह), साधारण समूह (कानुन उपसमूह) प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) र प्राविधिक समूह (स्वास्थ्यतर्फ) गरी कुल स्वीकृत दर्जागत दरबन्दी संख्या ३७ हजार १ सय ५३ कायम भएको हो । 

    AGNI GROUP

    मन्त्रिपरिषद्को गत मंसिर २ गतेको बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण सर्वेक्षण प्रतिवेदन–२०८२ पारित गरेको थियो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंले मंसिर ५ गते कार्यालय, दरबन्दी संरचना र पदबारेको पत्र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पठाएको थियो । चलानी नम्बर ४२५०  रहेको सो पत्रको जानकारी मानवस्रोत विभागले मंसिर ११ गते जानकारी एवं कार्यार्थ भन्दै संगठनका सम्पूर्ण एकाईहरुलाई पठाएको थियो ।

     

     

    जसअनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) १, अतिरिक्त महानिरीक्षक (एआईजी) ३, नायव महानिरीक्षक (डीआईजी) २१, वरिष्ठ उपरीक्षक (एसएसपी) ४३, उपरीक्षक (एसपी) १ सय ७५, र नायव उपरीक्षक (डीएसपी) ४ सय ८८ रहेको छ । 

    यसैगरी, सशस्त्र प्रहरी निरीक्षक १ हजार १ सय ३७, वरिष्ठ नायव निरीक्षक एक सय, नायव निरीक्षक १ हजार ३ सय ८५, सहायक निरीक्षक १ हजार ६ सय १६, वरिष्ठ हबल्दार २ हजार ७ सय ९५, हबल्दार ५ हजार ३ सय ७०, सहायक हबल्दार ८ हजार ३ सय ६२, जवान १३ हजार ६ सय ७४ र परिचर १ हजार ९ सय ८३ कायम गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij