Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

म्यानमारको ‘कू’ विफल पार्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसंघको अपिल

म्यानमारको ‘कू’ विफल पार्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसंघको अपिल

  • एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेरसले चुनावलाई उल्ट्याउनु स्वीकार्य नभएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका सिकाउनुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न उनले आह्वान गरेका छन्। पश्चिमा देशहरूले ‘कू’को निन्दा गरेका छन् । तर समान धारणा राखेर वक्तब्य निकाल्न चीनले भने अस्वीकार गरेको छ । यो विषयमा सुरक्षा परिषद्‌मा एकता हुने गुटेरसले आशा व्यक्त गरेका बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ । यद्यपी परिषदको बैठकमा ‘कू’को निन्दा हुने कुनै पनि शब्द चीनले रोक्ने ठानिएको छ। चिनले भिटो अधिकार प्रयोग गर्नसक्ने सम्भाव्यतालाई पनि नकार्न सकिन्न ।

    AGNI GROUP

    गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोपमा म्यानमारको सेनाले नेतृ आङ सान सूकी र राष्ट्रपति विन मिनलाई हिरासतमा राखेको छ । म्यानमारको प्रहरीले सूकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन्। एक वर्षका लागि सङ्कटकाल लागु गरेको सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij