Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

  • काठमाडौं । मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ । बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो ।

    onlinepatrika
    Arghakhachi

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिए ।

    AGNI GROUP

    साथै उनले विना सीप वैदेशिक रोजगारीमा जानेहरुको संख्या अझै पनि उच्च रहेको उल्लेख गर्दै रोजगारीका लागि अत्यधिक गएका मुलुकका विश्वविद्यालयहरूसँग सहकार्य गरी सीपसम्बन्धी शिक्षा प्रदान गरेर युवालाई दक्ष बनाउनुपर्नेमा जोड दिए ।

    ‘आत्मनिर्भर बन्न दक्षता अनिवार्य भएकाले गुणस्तरीय र सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिनुपर्छ,’मुख्यमन्त्री सिंहले भने । यस अवसरमा विश्वविद्यालयका संस्थापक कुलपति तथा पूर्व मुख्यमन्त्री मो लालबाबु राउतले मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै गौरवका संस्था भएको उल्लेख गरे ।

    विश्वविद्यालयका उपकुलपति प्रा. डा.दीपक बहादुर शाक्यले आगामी नीतिगत कार्यक्रम प्रस्तुत गरे । रजिष्ट्रार विजयकुमार यादवले आर्थिक वर्ष २०८२/८३ का लागि २२ करोड ११ लाख ३ सय ६८ रुपैयाँ १८ पैसा बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट