Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिविको उपप्राध्यापक परीक्षामा उत्तीर्णदर न्यून, पदपूर्तिमा संकट

त्रिविको उपप्राध्यापक परीक्षामा उत्तीर्णदर न्यून, पदपूर्तिमा संकट

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०७८ सालको विज्ञापनअनुसार उपप्राध्यापक पदका लागि सञ्चालन गरिएको लिखित परीक्षामा सहभागीमध्ये मात्र ७ प्रतिशत उम्मेदवार उत्तीर्ण भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    मानविकी, व्यवस्थापन, शिक्षा र कानुनलगायत संकायमा १७१० जना सहभागी हुँदा १२० जना (७ प्रतिशत) मात्र पास भएका हुन् ।

    AGNI GROUP

    विशेषगरी शिक्षा विषयमा ७ पदको माग भए पनि ८३ जना सहभागी उम्मेदवारमध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । सूचना प्रविधिजस्तो आजको युगमा आवश्यक विषयमा समेत ५ पदका लागि १६ जनाले परीक्षा दिए पनि एक जना पनि पास नभएको त्रिविले जनाएको छ । जसले विश्वविद्यालयले आवश्यक जनशक्ति पूर्ति गर्न नसकेको र गुणस्तरीय जनशक्ति उत्पादनमा कमजोरी रहेको देखाएको छ ।

    २०७८ मा जनप्रशासनमा ८ पद माग भए पनि १ मात्र उम्मेदवार सिफारिस भएको थियो भने २०८२ को विज्ञापनमा त्यही विषयमा १ पद मात्र खुलाइएको छ ।

    २०७८ र २०८२ को विज्ञापन तुलना गर्दा व्यवस्थापनमा ७५ पदबाट बढाएर ९१ पद, कानुनमा २२ बाट ३३ पद, नेपालीमा ८ बाट १३ पद माग गरिएको छ । तर, शिक्षा, सूचना प्रविधि, विज्ञान शिक्षा, अर्थशास्त्र शिक्षा, पाठ्यक्रम तथा मूल्याङ्कनजस्ता विषयमा २०७८ मा माग भए पनि शून्य उत्तीर्ण भएकाले २०८२ मा स्पष्ट माग संख्या उल्लेख हुन नसकेको देखिन्छ ।

    यद्यपि, केही विषयमा माग र आपूर्ति मेल खाएको छ । जस्तै - अङ्ग्रेजी शिक्षामा माग १४ थियो र १४ नै उत्तीर्ण भए भने समाजशास्त्रमा मागभन्दा बढी १८ उम्मेदवार पास भए । नेपाली भाषा, पत्रकारिता, भूगोल जस्ता केही विषयमा पनि विज्ञापन र नतिजा मिलेको देखिन्छ ।

    क्रस

    विषय

    २०७८ को विज्ञापनमा माग सङ्ख्या

    परीक्षामा सहभागी

    उत्तीर्ण

    २०८२ मा माग सङ्ख्या

     

    व्यवस्थापन

    ७५

    ३६८

    ९१

     

    कानून

    २२

    ३०

    -

    ३३

     

    शिक्षा

    ८३

    -

     

     

    अङ्ग्रेजी

    २५

    २४८

    १०

    १४

     

    नेपाली

    ९४

    १३

     

    मैथिली

     

     

     

     

    स्वास्थ्य शिक्षा

    ५४

     

    सुचना प्रविधी

    १६

    -

     

     

    शैक्षिक योजना तथा व्यवस्थापन

    २२

     

    जनप्रशासन

    २१

     

    विज्ञान शिक्षा

    १६

    -

     

    भूगोल शिक्षा

     

     

    पाठ्यक्रम तथा मूल्याङ्कन

    १९

    -

     

    अर्थशास्त्र शिक्षा

    ११

    -

     

    गणित शिक्षा

    ३८

     

    नेपाली शिक्षा

    ७३

    १०

     

    अङ्ग्रेजी शिक्षा

    १४

    ११२

    १४

     

    समाजशास्त्र

    १२

    ९३

    १८

     

    मानवशास्त्र

     

    अर्थशास्त्र

    १५

    १०५

    १४

    १८

     

    जनसंख्या अध्ययन

    ४७

     

    दर्शनशास्त्र

     

     

    नृत्य

     

    नेपाल भाषा

     

    पत्रकारिता

    ११

     

    भूगोल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट