Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक बजारमा आएको भारी गिरावटपछि आज सेयर बजार बलियो सुधार देखिएको छ । विगत बिहीबार नकारात्मक सर्किट लागेर ६ प्रतिशतले घटेको बजार आज पुनः उकालो लाग्दै बन्द भएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १११.७० अंकले बढ्दै २,६२३ बिन्दुमा कायम भएको छ । कुल २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मात्रै मूल्य घटेको छ ।
आजको कारोबार मूल्य ९ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो, जसको कारोबार मूल्य ८३ करोड १३ लाख रुपैयाँ पुगेको छ । सोहीपछाडि हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
लगानीकर्ताको कमाइतर्फ आज नौ कम्पनी शीर्ष स्थानमा परे। सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतसम्म कमाएका छन् ।
तर, आज सबैभन्दा धेरै घाटा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बेहोरेका छन् । कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij