
Sep 01 2025 | २०८२, भदौ १६ गते
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डबाट सम्मानित भएको छ ।
अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड कार्यक्रममा विकास बैंक The Best Bank र Best AI/ML Implementation विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा Runner-up को अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका हुन् ।
इण्डियन च्येम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड कार्यक्रममा समेत गरिमाले द्यभकत ब्ककभतक Best Assets Management विधामा Runner-up को रुपमा अवार्ड प्राप्त गरेको थियो ।
यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।
हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका सेवा पुर्याउँदै आइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij