
Jul 21 2025 | २०८२, साउन ५ गते
ईलाम । ईलाम नगरपालिका-८ मा रहेको माईबेनी हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका-५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij