
Apr 23 2025 | २०८२, वैशाख १० गते
चितवन । उद्योग वाणिज्य संघ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी भएका छन् । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य संघको १०औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् ।
लोकतान्त्रिक समूहका श्रेष्ठले ७९९ मत प्राप्त गरे भने उनका प्रतिस्प्रर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४७६ मत प्राप्त गरिन् । आज मंगलवार बिहान आएको अन्तिम मतपरिणामअनुसार वाणिज्यतर्फ विक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् ।
उद्योगतर्फ जगतबहादुर पाण्डे, शङ्कर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र विक्रम चौधरी विजयी भएका हुन् । अधिवेशनमा एक हजार ४३० सदस्यले मतदात गरेका थिए । यसअघि सर्वसम्मत् रुपमा एशोसिएट सदस्यमा शिवराज उप्रेती निर्विरोध भएका थिए । एशोसिएट सदस्य संघको तृतीय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदाधिकारीको भने बैठक बसेर तय गरिने व्यवस्था रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij