Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

  • झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ ।

    images
    images
    images

    विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा कानको परीक्षण गरिएको हो ।

    जिल्लामा पछिल्लो समय सडक सवारी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    उहाँका अनुसार कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई सवारी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij