
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहाने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ । ओस्कार कलेजले जनाए अनुसार ‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । यसैगरि ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij