
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा झरेको हो ।
नेप्सेमा यसदिन ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।
ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाए ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको ५७ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij