Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्ने भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ४२ दिन अवधिका लागि तरलता संकलन गर्न लागेको जानकारी दिएको हो ।

    images
    images
    images

    सूचना अनुसार बोलकबोल प्रक्रियामार्फत हुने उक्त निष्कर्षणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम ५ करोड रुपैयाँका दरले भाग लगाएर निःशेष भागसम्म स्वीकृति दिइनेछ ।

    images

    बोलकबोल आज (साउन १५) दिउँसो ३:०० बजे Online Bidding System Software मार्फत हुनेछ । यस निष्कर्षणको साँवा र ब्याज भुक्तानी भदौ २५ गते हुने जनाएको छ ।

    राष्ट्र बैंकले यस माध्यमबाट प्रणालीमा रहेका अतिरिक्त तरलता नियन्त्रण गरी मौद्रिक सन्तुलन कायम गर्न खोजेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij