
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेस गरेअनुसार कम्पनीले सो सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
संस्थापक सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij