
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले सोही अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएकोसमेत जनाएको छ ।
त्यस्तै, पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको नेपालको सवैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरु सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सुचकका साथै बिशिष्ठ संरचना तथा सम्मेलन केन्द्र गठन बिकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij