Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मंगलबार सेयर बजारमा हरियाली

मंगलबार सेयर बजारमा हरियाली

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ८०.९७ अंक (२.७९ प्रतिशत) ले बढेर २९७३.७० बिन्दुमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीमध्ये २३६ को सेयर मूल्य बढेको छ भने १४ को घटेको छ ।

    AGNI GROUP

    ती घट्ने कम्पनीहरुमा बोटलर्स नेपाल (बालाजु), छ्याङ्दी हाइड्रोपावर, सिटी होटल, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, नारायणी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स, पञ्चकन्या माई हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा माई हाइड्रोपावर, सुपर माडी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेड छन् ।

    यस्तै, आज ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै (१० प्रतिशत) कमाएका छन् । शिवम सिमेन्ट्स, सान्वी इनर्जी लिमिटेड, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेड र बिन्ध्यवासिनी जलविद्युत विकास कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट