
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । विश्वकै सम्भवतः सबैभन्दा जेठा कम्युनिस्ट नेता वेलिक्काथुन शंकर अच्युतानन्दनको १०१ वर्षको उमेरमा निधन भएको छ । भारतको केरल राज्यका पूर्व मुख्यमन्त्री समेत रहेका अच्युतानन्दन भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पहिलो पुस्ताका नेता हुन् ।
द हिन्दूले लेखेको छ–केरलाको राजनीतिमा दशकौंदेखि प्रभावशाली व्यक्तित्व र सीपीआई(एम) का संस्थापक सदस्य, पूर्व मुख्यमन्त्री वेलिक्काकाथु शंकरन अच्युतानन्दन, जसलाई कमरेड भिएस वा केवल भिएस भनेर चिनिन्छ, सोमबार तिरुवनन्तपुरमको एक अस्पतालमा निधन भयो ।
सन् २०१९ देखि सार्वजनिक जीवनबाट टाढा रहेका जेष्ठ कम्युनिस्ट नेतालाई त्यसबेला स्ट्रोक भएका थिइयो । एक महिनाअघि उनलाई हृदयघात पछि अस्पतालमा भर्ना गरिएको थिया ।
अच्युतानन्दन १९६४ मा अविभाजित भारतीय कम्युनिष्ट पार्टीबाट बाहिर निस्कने र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) गठन गर्ने ३२ नेताहरू मध्ये एक थिए । उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने केरला सरकारले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij