• २०७७, मंसिर ९गते
Logo

चार्ली च्याप्लिनको जीवनसूत्र

अनलाइन पत्रिका

२८, कार्तिक २०७७
  • 61
    SHARES
  • चार्ली च्याप्लिनको जीवनसूत्र

    चार्ली च्याप्लिनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् ।

    भनाई यस्ता छन्:

    - ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।
    म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।

    - यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।

    - नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।

    - मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।

    - यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।

    - केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।

    - मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।

    - आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।

    - यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।

    प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १४:००:४२ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार