
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा बिहीबार मात्रै करिव ५ लाख जरिवाना गरेको छ ।
विभागको टोलीले बिहीबार ललितपुर महानगरपालिका-९ मा रहेको एसएस ओभरसिजलाई सबैभन्दा बढी २ लाख ५ हजार, दोस्रोमा काठमाडौं महानगरपालिका ११ मा रहेको म्याजेस्टीक कलर्स सिभिलमा २ लाख र भक्तपुरको मध्यपुर थिमी नगरपालिका २ मा रहेको क्षमादेवी विल्डिंग मेटिरियल्स प्रालीमा ९० हजार गरेर एकै दिन ४ लाख ९५ हजार जरिवाना गरेको हो ।
ओभरसिजलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को व्यवस्था अनुसार कसुर र त्यसै ऐनको दफा ३९ अनुसार जरिवाना गर्नुका साथै व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।
बिहीबार नै विभागले विभिन्न १६ वटामा अनुगमन गर्दा ४ वटा व्यवसाय तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ९ वटा फर्म तथा व्यवसायलाई उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकेका व्यवसायिक मापदण्डको पूर्ण रुपमा पालना गर्नका साथै सामान्य निर्देशन दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij