Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

विनियोजन विधेयक

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

  • काठमाडौं। राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ।

    images
    images
    images

    बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०८२ लाई पारित गरियोस भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

    images

    यस्तै बैठकले बजेट आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

    त्यस्तै बैठकले प्रतिनिधिसभा बाट सन्देश सहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक यहि असार २० गते शुक्रबार बोलाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij