Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

विद्यालय शिक्षा विधेयक

असार १५ कटेसँगै शिक्षक महासंघ आक्रोशित

असार १५ कटेसँगै शिक्षक महासंघ आक्रोशित

  • काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक अविलम्ब संसद्मा पेश नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

    images
    images
    images

    असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएकोमा उक्त समयसीमा कटेपछि महासंघ आक्रोशित भएको हो ।

    images

    विगतमा भएका सहमति सम्बोधन हुनेगरी विधेयक ल्याउनुपर्ने मागसहित गत चैत तेस्रो सातादेखि २९ दिनसम्म महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु काठमाडौं आई सडक आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा गत वैशाख १७ गते सरकार र महासंघबीच विद्यालय शिक्षा विधेयक असार १५ भित्रै सदनबाट पारित गर्ने सम्झौता भएको थियो ।

    महासंघले आज विज्ञप्ति जारी गर्दै सहमतिबमोजिम अविलम्ब प्रतिनिधि सभामा विधेयक पेश गरी पारित गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएको छ ।

    यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई नभएको जनाउँदै महासंघले कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा तुरुन्तै आन्दोलनमा उत्रिने बताएको छ । साथै, आन्दोलनबाट सिर्जना हुनसक्ने परिणामप्रति सचेत तथा गम्भीर रहनसमेत विज्ञप्तिमा जनाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij