
Jun 30 2025 | २०८२, असार १६ गते
६७औँ संसद् दिवसको अवसरमा अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संसद्लाई जनमुखी र जीवन्त बनाउनेतर्फ ध्यान दिन सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरेकी हुन् ।
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदको जनउत्तरदायी, पारदर्शी र प्रभावकारी कार्यसम्पादनको आवश्यकता माथि गम्भीर समीक्षा गरिनुपर्ने आवश्यकता औँल्याएकी छन् ।
६७औँ संसद् दिवसको अवसरमा अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संसद्लाई जनमुखी र जीवन्त बनाउनेतर्फ ध्यान दिन सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरेकी हुन् ।
उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक मूल्य–मान्यता संस्थागत गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र सुशासन प्रवद्र्धन गर्न संसद् बलियो हुनुपर्ने धारणा राख्दै भनिन्, ‘संसद् बलियो हुँदा मात्र शासन जनउत्तरदायी हुन्छ र जनताले लोकतन्त्रको लाभ प्रत्यक्ष रुपमा महसुस गर्न सक्छन् ।’
सन्देशमा उनले राजनीतिक दल, सांसद, नागरिक समाज, सञ्चारमाध्यम र आम जनताबीचको समन्वय र साझा प्रतिबद्धताले मात्र संसद्को गरिमा पुनःस्थापित गर्न सकिने बताउँदै लोकतन्त्रप्रति जनताको भरोसा कायम गर्न संसद्को भूमिकामा सुधार आवश्यक रहेको स्पष्ट पारिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij