
Jun 29 2025 | २०८२, असार १५ गते
काठमाडौं । नेपाल पुलिस स्कुलमा रोजगारीको अवसर खुलेको छ । स्कुलले स्याङ्जाको लागि एक जना स्वास्थ्यकर्मी र काभ्रेका लागि एक जना प्रशासनिक अधिकारी माग गरेको हो ।
स्वास्थ्यकर्मीका लागि आवेदन दिने इच्छुकले सिएमए वा सो सरहको डिग्री उत्तीर्ण गरेको हुनु पर्नेछ । साथै, २ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।
प्रशासनिक अधिकारीले सम्बन्धित क्षेत्रमा ज्ञान सहित स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, २ वर्षको कार्य अनुभव हुनु पर्नेछ ।
उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ । इच्छुकले असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij