Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

पुरस्कृत गर्ने निर्णय

भीमसेन थापा पुरस्कार कूटनीतिज्ञ डा. थापालाई

भीमसेन थापा पुरस्कार कूटनीतिज्ञ डा. थापालाई

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी साउन ९ गते भीमसेन थापाको २५१औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा एक विशेष समारोहकाबीच डा.थापालाई सम्मान तथा पुरस्कृत गर्नुहुने कार्यक्रम छ ।

  • काठमाडौँ। राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले मुलुकको आर्थिक तथा कूटनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुयाउनुहुने डा.भेषबहादुर थापालाई यस वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    प्रतिष्ठानका अध्यक्ष प्रा.डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको वैठकले सर्वसम्मतिसहित कूटनीतिज्ञ एवं अर्थविद् डा.थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी साउन ९ गते भीमसेन थापाको २५१औँ जन्मजयन्तीका अवसरमा शीतल निवासमा एक विशेष समारोहकाबीच डा.थापालाई सम्मान तथा पुरस्कृत गर्नुहुने कार्यक्रम छ । पुरस्करको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष डा.तिमिल्सिनाले जानकारी दिनुभयो ।  

    सो प्रतिष्ठानले करिब तीन दशकदेखि राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा उहाँको जन्मजयन्तीका दिन इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पुयाउने व्यक्ति वा संस्थालाई पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij