
Jun 29 2025 | २०८२, असार १५ गते
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित मसिनेमा पहिरोले एक कार पुरिएको छ । शनिबार राति मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार अचानक आएको पहिरोमा पुरिएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पहिरो पन्छाएर कारलाई उद्धार गरिएको छ । कारमा सवार यात्रुहरूलाई पनि सकुशल रूपमा उद्दार गरिएको प्रहरीले जनाएको छ ।
हाल सडक पूर्णरूपमा सञ्चालनमा आइसकेको जनाइएको छ । वर्षासँगै पहिरोको जोखिम बढेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij