Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

मुसाले लुकिछिपी रक्सी पिएपछि…

मुसाले लुकिछिपी रक्सी पिएपछि…

  • काठमाडौं । हामीले बिरालो, मुसा, कुकुर लगायत जनावरले मानिस जस्तै हर्कत गरेको कार्टुन तथा चलचित्रहरुमा मात्रै देखेका होलाउँ तर भारतको एउटा ठाउँमा वास्तवमै यस्तो घटना भएको छ । त्यो हो मुसाले रक्सी पिएको घटना ।

    images
    images
    images

    भारतको बिहारमा मुसाले रक्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
    घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारबाट रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    images

    कैमूरको एउटा गोदाममा सन् २०१६ देखि जफत गरिएको रक्सी राखिएको थियो । एकदिन जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो । नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।

    जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले थिचेर विभिन्न ब्राण्डका रक्सी नष्ट गरिएको थियो ।

    जाँच निरीक्षक प्रदीप कुमारका अनुसार जफत गरिएको रक्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको रक्सी मुसाले नष्ट गरेको हो । लिक भएका रक्सीका बोतलबाट मुसाले रकसी पिउने खुलासा भएको हो । एजेन्सी

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij