
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्रिय सहकारी बैंककाे एक करोड रुपैयाँभन्दा बढी फसेको छ । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकमा सहकारी बैंकको एक करोड १० लाख रुपैयाँ डुबेको हो ।
बैंक स्रोतका अनुसार फसेको रकममध्ये राष्ट्रिय सहकारी बैंकको कोहलपुर शाखाकाे ५० हजार रुपैयाँ रहेको छ । अर्को एक सहकारीले बैंकको नाममा ६० लाख रुपैयाँ जम्मा गरिदिएका कारण उक्त रकम पनि फसेको हो ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख भनेपछि सहकारी बैंकले सबै शाखाहरूमा पत्राचार गरेर कारोबार नगर्न आग्रह गरेको थियो । तर, त्यो रकम भने कर्णालीलाई राष्ट्र बैंकले नियन्त्रणमा लिनुभन्दा केही दिन अगाडी राखिएको थियो ।
‘कर्णाली बैंकमा एक करोड १० लाख रुपैयाँ फसेको छ । अब कहिले आउने हो टुङ्गो छैन’, बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंकले समस्यामा रहेको जानकारी दिएको एक महिनापछि (पुस १० गते) यस बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । अहिले यस बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij