
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । तीनकुने राजावादी आन्दोलनका क्रममा पक्राउ परेका युट्युबर प्रकाशचन्द्र दाहाल ५ हजार धरौटीमा रिहा भएका छन् । राज्यविरुद्धको कसूर, आपराधिक उपद्रवलगायत ६ वटा अभियोगमा मुद्दा दर्ता भएका दाहाल काठमाडौं जिल्ला अदालतमा बयान दिएका थिए ।
उनी दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियो खिच्दै आन्दोलन प्रत्यक्ष प्रसारण गरिरहेका थिए । दाहालले आफू पत्रकारका रूपमा मात्र काम गरेको र झुटा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij