
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो, भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म काठमाडौंको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ ।
वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमि पूजा गर्ने गरिन्छ ।
पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij