Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

पाँच महिनामा भित्रिए पाँच लाख बढी पर्यटक

पाँच महिनामा भित्रिए पाँच लाख बढी पर्यटक

  • काठमाडौं । सन् २०२५ को ५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मेसम्म ५ लाख एक हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

    images
    images
    images

    रिपोर्टका अनुसार समग्रमा सन् २०२४ को तुलनामा यस वर्षको पाँच पहिनामा पर्यटक आगमनमा गिरावट आएको छ । २०२४ को पहिलो पाँच महिनामा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका थिए ।

    images

    जनवरीमा ७९ हजार ९९१ पर्यटक आएका थिए भने फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९० र मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए ।

    सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij