
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख रहेका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आजकै मितिदेखि लागू हुनेगरि तीन जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ । सुपरिवेक्षण विभागमा दीर्घबहादुर रावललाई ल्याइएको छ ।
रावल आइतबार मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका थिए । त्यसअघि उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशक थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij