
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । प्रहरीले गाडीको ट्युबमा बगाउँदै ल्याएको २ सय किलोग्राम गाँजा सप्तकोशी नदी किनारबाट बरामद गरेको छ ।
बराहक्षेत्र नगरपालिका-१ कोशी पुल उत्तरतिर करिब डेढ किलोमिटरको दूरीमा नदी किनारबाट शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । उक्त गाँजा गाडीको ट्युबमा बाँधेर बगागउँदै पहाडी जिल्लाबाट तराईतिर झारेको अवस्थामा भेटिएको हो ।
उक्त गाँजा बगाएर पठाउने मानिसलाई भने प्रहरीले भेट्न नसकेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij