
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार, चौधरीलाई बुटवलबाट पक्राउ गरिएको हो ।
बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।
रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij